Rule 10
नाम सङ्कलन तथा दर्ता गर्नु पर्ने
(१) नियम ९ बमोजिम मतदाता नामावली प्रकाशन भएपछि सङ्कलकले कार्यक्रममा उल्लेख भए अनुसार ऐनको दफा ५ बमोजिम मतदाता नामावलीमा नाम समावेश हुन योग्यता पुगेको व्यक्तिकोे नाम तथा अन्य विवरण सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडाको मतदाता नामावलीमा समावेश गर्न अनुसूची –५ बमोजिमको ढाँचामा त्यस्तो व्यक्तिको नाम तथा अन्य विवरण सङ्कलन गर्नु पर्नेछ ।
(२) सङ्कलकले उपनियम (१) बमोजिम सङ्कलन भएको नाम तथा अन्य विवरण कार्यक्रममा उल्लेख भए बमोजिम सहायक दर्ता कर्मचारीलाई बुझाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको नाम तथा विवरण प्राप्त भएपछि सहायक दर्ता कर्मचारीले मतदाता दर्तास्थलमा उपस्थित ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेको व्यक्तिको नाम तथा विवरण अनुसूची–६ बमोजिमको ढाँचाको मतदाता दर्ता कितावमा दर्ता गरी त्यस्तो नाम तथा विवरण दर्ता कर्मचारीलाई बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको नाम तथा विवरण प्राप्त भएपछि दर्ता कर्मचारीले त्यस्तो व्यक्तिको औंला छाप र आयोगले निर्धारण गरे बमोजिमको फोटो खिँची निजको नाम तथा अन्य विवरण, औंला छाप र फोटो कम्प्युटरमा प्रविष्ट गर्नु पर्नेछ ।